kailashmultiplecampus@gmail.com 9858484500
kailashmultiplecampus@gmail.com 9858484500

About Kailash Multiple Campus

Know Us Better

कैलाश बहुमुखी क्याम्पस

कैलाश बहुमुखी क्याम्पस सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला मङ्गलसेन नगरपालिका वडा न. १४ मा अवस्थित छ । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र सङ्कायको सम्बन्धन प्राप्त गरी २०६६ सालमा शिक्षा शास्त्र सङ्कायको सम्बन्धन प्राप्त गरी सञ्चालित यस क्याम्पसले त्यसको ठिक एक वर्षपछि २०६७ सालमा व्यवस्थापन सङ्कायको सम्बन्धन प्राप्त गरी हाल यस क्याम्पसमा ३५० जना विद्यार्थी, १६ जना पूर्णकालीन अांशिक प्राध्यापक र कर्मचारीहरू कार्यरत छन् । सामुदायिक क्याम्पसको रुपमा सञ्चालित यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ ।

                    स्थापना कालमा विभिन्न आरोह अवरोह पार गर्दै यस क्षेत्रको सर्वाङीण विकास शिक्षाबाट मात्र सम्भव छ भन्ने मूल उद्देश्यका साथ यस क्षेत्रका स्थानीय समाजसेवी, शिक्षा प्रेमी, बुद्धिजीविहरूको विशेष पहलमा यस संस्थाले मूर्त रूप दिन सफल भएको छ । स्थापनाको सुरुवाती चरणमा शिक्षाशास्त्र संकाय तर्फका चारवटा विषयमा अध्यापन सुरु गरी हाल आएर त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायको सम्बन्धन प्राप्त गरी अध्ययन अध्यापन गराउँदै आइरहेको छ ।

यस क्याम्पसको स्थापनाको अवस्था देखि उल्लेखनीय विद्यार्थी सङ्ख्याको आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदा रहँदै पनि विगतका केही वर्षमा विभिन्न कारणले विद्यार्थी सङ्ख्यामा कमी रहेता पनि यस क्षेत्रका स्थानीय तह समाजसेवी, बुद्धिजीवी सबैको अथक मेहनत र शिक्षा प्रतिको लगावका कारण यो क्याम्पस निरन्तर शैक्षिक, भौतिक प्रगतिको दिशामा अगाडि बढी रहेको छ । मङ्गलसेन नगरपालिकमा दुईवटा क्याम्पस सञ्चालनमा रहेकाले कैलाश बहुमुखी क्याम्पस भौगोलिक रुपमा नगरपालिकाको सबैभन्दा टाढाको भूगोल रहेको केही कुराहरूमा जस्तैः यातायातको साधनहरू नियमित सञ्चालन नहुन नगरपालिकाको दृष्टिकोणमा फरक हुनु जस्ता कुराहरू सँग कैलाश क्याम्पस संघर्ष गर्दै आइरहेको छ ।

भौगोलिक रुपमा नगरपालिकाका २ वटा वडा र बान्नीगढी जयगढ गाउँपालिकाको २ वटा वडा र रामारोशन गा.पा.का सम्पूर्ण विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनको मुख्य गन्तव्यको रुपमा कैलाश बहुमुखी क्याम्पस रहेको छ । यस क्याम्पसको भौतिक तथा व्यवस्थापकीय पक्ष बलियो बनाई गुणस्तरीय शिक्षा प्रदानको लागि आवश्यक आधार प्रदान गर्न सकिएको खण्डमा यस संस्थाको सेवा क्षेत्र बढ्ने कुरामा कुनै दुबिधा देखिदैन तसर्थ यस संस्थाको राम्रो सम्भावना देखिएकाले स्थानीय स्तरमा अध्ययन गर्न चाहने विशेष गरी विपन्न परिवार, दलित, महिला, आदिवासी, लगायतका वर्ग लाभान्वित भइरहेको यस क्षेत्रकै उच्च शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाको भविष्य सुन्दर रहँदा रहँदै पनि हाल देखिएको क्याम्पस सञ्चालनको समस्यालाई समाधान गर्ने समाजका हरेक पक्ष विभिन्न संघ संस्था राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी सबैको महत्वपूर्ण भूमिकाको खाचो देखिन्छ ।

क्याम्पसको सम्पूर्ण आर्थिक, भौतिक, सामाजिक पक्षलाई निरन्तर बलियो र गुणस्तरीय शैक्षिक वातावरण बनाउनको लागि सबैको ऐक्यवद्धता हुन जरुरी छ । जसको लागि भौतिक सुविधा सम्पन्न आधुनिक पुस्तकालय, समायानुकुल पाठ्यसमाग्री तथा आधुनिक प्रविधिको अपरिहार्यता को साथै खेलमैदानको आवश्यकता देखिन्छ । साथै विभिन्न क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा सहित क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक पक्ष बलियो बनाउन सकिएको खण्डमा संस्था सञ्चालनमा सहजताका साथ गुणस्तरीय शिक्षा प्रदानमा अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित र क्याम्पसको भविष्य समेत सुन्दर हुने देखिन्छ ।