आदरणीय अभिभावक प्राध्यापक विद्यार्थी लगायत सम्पूर्ण शिक्षा प्रेमी आम जनसमुदायहरूमा हार्दिक नमस्कार, कैलाश बहुमुखी क्याम्पस विभिन्न आरोह र अवरोह लाई पार गर्दै यहाँ सम्म आइपुगेको कुरा यहाँहरू सर्वविदित नै छ । ग्रामीण क्षेत्रका न्यून आय स्रोत भएका विद्यार्थीहरू दलित विशेष गरी छात्रा (छोरी वुहारी) हरूलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गराउने मुख्य उद्देश्यका साथ स्थापित यस क्षेत्रकै अग्रणी सामुदायिक क्याम्पसको रुपमा स्थापित भएको छ ।
वि.स. २०६६ सालमा त्रि.वि. वाट सम्बन्धमा प्राप्त यस क्याम्पसमा हाल शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय सञ्चालनमा रहेका छन । आर्थिक रुपमा विपन्न विद्यार्थीहरूको उच्च शिक्षा प्राप्त गर्न इच्छा लाई सार्थक बनाउन वरदानको रुपमा स्थापित यस क्याम्पसमा हाल करिब ३५० जना विद्यार्थीहरू अध्ययनरत छन ।
अछामको मङ्गलसेन नगरपालिकामा वडा नं. १४ कालगाउँमा अवस्थित कैलाश बहुमुखी क्याम्पस अछामको प्रमुख पर्यटकीय स्थल रामारोशनको प्रवेशद्वारमा रहेको छ । उच्च शिक्षाको सुनौलो सम्भावनालाई आत्मसाथ गर्दै यस क्याम्पसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षक कर्मचारी समाज सेवी, राजनीतिज्ञ लगायत आदरणीय अग्रज अभिभावक ज्यू हरूमा हार्दिक आभार र नमन व्यक्त गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा हाम्रो महत्वपूर्ण भूमिका रहने प्रतिवद्धता सहित तपाईँहरूको महत्वपूर्ण सुझाव सल्लाहको हार्दिक अपेक्षा गर्दछौँ ।
इश्वर बहादुर सोडारी
क्याम्पस प्रमुख
एवम्
कैलाश बहुमुखी क्याम्पस परिवार